फरवार्ड माइक्रोफाइनान्सको १३० औं शाखा कैलालीको सुखडमा

 

साउन १३, कैलाली । फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तिय संस्थाको १३० औं शाखा कार्यालय कैलालीको सुखडमा सञ्चालनमा आएको छ । उक्त शाखाको संस्थाकि अध्यक्ष भगवती चौधरीले आज एक कार्यक्रमका विच उद्घाटन गरिन् । 

ग्रामिण क्षेत्रमा रहेका महिलालाई आर्थिक क्षेत्रमा आउन प्रेरित गर्दै आएको फरवार्डले लघुवित्त कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको फरवार्डकी अध्यक्ष चौधरीले बताइन् । 

null

शाखा कार्यालय उद्घाटन गर्दै नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी चौधरीले गरिब, अतिबिपन्न वर्गका समुदायलाई सर्वसुलभ ऋण प्रवाह गरी उनीहरुलाई उद्यमशिलता तर्फ डोर्याउन फरवार्डले काम गर्ने जानकारी दिइन् । फरवार्डको शाखाले स्थानीय महिला, किसान र साना ब्यवसायीलाई आफ्नो ब्यवसाय विस्तार गर्न र जिविकोपार्जनमा समेत टेवा दिने अध्यक्ष चौधरीको भनाई थियो । 

चौधरीले कार्यक्रममा उपस्थितलाई संवोधन गर्दै धेरै वित्तिय संस्थामा आबद्ध हुनु भन्दा एउटा वित्तिय संस्थामा आबद्ध भएर ऋणकर्जा लगी आय मुलक क्षेत्रमा लगानी गर्न समेत सदस्यहरुलाई आग्रह गरिन् । 

मुख्य कार्यालय सुनसरीको दुहवीमा रहेको फरवार्डले पछिल्लो समय समुदायमा आधारित क्षेत्रहरुमा लगानी गर्दै आइरहेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था नेपालका ४३ ओटा जिल्लामा क्रियाशिल छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *