लगानीकर्ताहरुको हातहातमा अनलाइन ट्रेडिङ पुष १ गतेबाट

मंसिर १२, काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले अनलाइन ट्रेडिङ कार्यन्वयन गर्नको लागि नयाँ तालिका सार्बजनिक गरेको छ । 

सोमबार नेप्सेका पदाधिकारी, लगानीकर्ता संघका प्रतिनिधि, लगानीकर्ताहरु र भेन्डर कम्पनी वाईकोबीच भएको छलफल पश्चात् नेप्सेले नयाँ तालिका सार्बजनिक गरेको हो । 

तालिका अनुसार अनलाइन प्रणालीमा कारोबार गर्न सिकाउनको लागि नेप्सेले मंसिर १६ गतेदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउने भएको छ । 

null

मंसिर २३ गतेदेखि ब्रोकरसँग अनलाइन कारोबार गर्न सम्झौता गरेका लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन थालिने नेप्सेले जनाएको छ ।  

पुस १७ गतेदेखि सम्पूर्ण लगानीकर्तालाई अनलाइन कारोबार प्रणाली खुला गरिने नेप्सेको कार्यतालिकामा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *