सिमेन्ट किन्दै हुनुहुन्छ ? त्यसो भए व्यवसायीबाट लुटिँदै हुनुहुन्छ

काठमाडौं, साउन ६ । सिमेन्ट व्यवसायीहरुले उपभोक्तालाई कसरी लुट्दारहेछन् भन्ने रहस्यमय तथ्य फेला परेको छ । एकपटक सोचौँ त , एक बोरा सिमेन्ट किन्दा कति के.जी. फरक हुनसक्ला ? एक ग्राम दुई ग्राम । तर, केही दिन अघि अनुसन्धानका क्रममा एक बोरा सिमेन्टमा आठ केजी फरकपन रहेको भटिएको छ । महालक्ष्मी सिमेन्ट र शिवम् सिमेन्टको तौल परीक्षणका क्रममा यस्तो भेटिएको हो ।

आपुर्ति व्यवस्थापन विभागबाट खटिएको टोलीले साउन ३ गते वनस्थली क्षेत्रमा अनुगमनका क्रममा यस्तो फरकपन भेटिएको हो । व्यवसायीले उपभोक्तालाई ठगी गरेर सिमेन्ट बिक्रि वितरण गर्दै अनुुन्धानमा भेटिएको छ । वनस्थलीथित संस्कार ट्रेडिङ्गमा महालक्ष्मी सिमेन्ट र शिवम् सिमेन्टको तौल परिक्षण गर्दा दुवै सिमेन्टमा ८ के.जी. तौल कम भेट्टाइएको अनुसन्धानमा खटिएका दर्शन आचार्यले जानकारी गराए । आचार्यका अनुसार उक्त ट्रेडिङ्गलाई शिलवन्दी गरी ३ दिन भित्र स्पष्टिकरण सहित उपस्थित हुन आदेश दिइएको थियो ।

त्यस्तै,अरनिको हार्डवेयर ट्रेडर्समा अनुगमन गर्दा एडभान्स पावर सिमेन्टमा मापदण्ड विपरीत सिमेन्ट विक्रि विततरण गरिएको भेटिएको हो । उक्त हार्डवेयरले २.९ पन फरकपनमा सिमेन्ट विक्रि वितरण गरिएको पाइएको थियो । यससँगै ति सिमेन्ट व्ययवसायीहरुलाई सिमेन्ट बिक्रि वितरणमा रोक्का गरि ३ दिन भित्र स्पष्टिकरण सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको आचार्यले बताएका छन् । तर, अहिलेसम्म उनीहरु उपस्थित नभएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *