२ महिनासम्म कर्मचारी भर्ना रोक्ने सरकारको निर्णय
मकालु खबर
२०७५ असोज २९ गते
काठमाडौं– सरकारले आगामी २ महिनासम्म नयाँ कर्मचारी भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले मंसिरसम्म नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको हो ।
यसका लागि लोकसेवा आयोगलाई २ महिनासम्म कर्मचारी भर्नासम्बन्धी दरखास्त आह्वान नगर्न आग्रह गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
लोकसेवा आयोगले चालू आर्थिक वर्ष २०७५/७६ का लागि निर्धारण गरेको वार्षिक कार्यतालिकामा असोजको अन्तिम बुधवार (असोज ३१ गते) सहसचिव र उपसचिव पदका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ ।
null
आइतवार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी भर्ना रोक्ने निर्णय गरेपछि आयोगको कार्यक्रम प्रभावित हुने भएको छ । यद्यपि लोकसेवा आयोगले भने मन्त्रिपरिषदको निर्णयबारे कुनै जानकारी नआएको जनाएको छ ।
मकालु खबर
२०७५ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित