सुदूरपश्चिमलाई एलआरआई स्कुलले गर्‍यो ५० थान बेडसेट सहयोग

काठमाडौं । राजधानीको कलंकिस्थित एल.आर.आई. स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान बेडसेट पठाएको छ।   

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत उक्त सामग्री प्रदान विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई पठाएका हुन्।   

प्रदेश सात कोरोनाबाट बढी प्रभावित भएकाले थोरै भए पनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको गुठियार पन्तले बताए। 

विद्यालयले ५० थान बेड, ५० थान म्याट्रेस, ५० थान सिरानी, ५० थान बेड सिट, ५० थान बल्याङ्केट गरि करिव चार लाख बरावरको सामग्री हस्तान्तरण गरिएको विद्यालयका मुख्य लेखाअधिकृत दीपक जोशीले बताए। 

ञयसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरिसकेको छ। शैक्षिक गुठि अन्तर्गत सञ्चालित उक्त स्कुलले बेला(बेला विभिन्न विपदमा सहयोग गर्दै आएको छ। यसका साथै विद्यालयले थुप्रै सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। 

यस्तै विद्यालयका संस्थापक गुठियार पन्तले मन्त्री भट्ट मार्फत नै १५ हजार थान सर्जिकल ग्लोव तथा माक्स सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदान गरिसकेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *