भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस

मङ्सिर २४, काठमाडौँ । विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ । 

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेका कार्यक्रमका वक्ताले भ्रष्टाचार कम गर्न यस बिरुद्ध शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले भ्रष्टाचारको अन्त्यका लागि जनतामा जनचेतनाका साथै अनियमितता, ढिलासुस्ती र गलत काम गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्ने बताए । 

null

उनले भने “आर्थिक भ्रष्टाचारका साथै नीतिगत भ्रष्टाचारले समाजमा जरो गाडेको छ, भ्रष्टाचारको अन्त्यका लागि सबैले आ–आफ्नो स्थानबाट जागरुक हुन जरुरी छ” । 

साद गौतम, समाजका कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, समाज काठमाडौँका कोषाध्यक्ष रामचन्द्र खतिवडा, जिल्ला सदस्य नानीकाजी गिरीलगायतले अनियमितता बिरुद्ध सामूहिकरुपमा आवाज उठाउने सँस्कृतिको सुरुवात हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा विद्यार्थीका तर्फबाट भ्रष्टाचार बिरुद्धको अभियानमा नयाँ पुस्ताको भुमिकाका सन्दर्भमा छात्रा पेमा तामाङ र छात्र पुरुषोत्तम पौडेलले मन्तव्य राख्दै समाज परिवर्तनका लागि सुशासन कायम गर्न सबैको सहयोग आवश्यक हुने धारणा व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *