नेकपाका बागी उम्मेद्वार शेरमानले भने– ‘राजमोका शाहीको पक्षमा मेरो पूर्ण समर्थन छ’

कार्तिक २४, काठमाडौं । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेदवार शेरमान घर्ती मगरले उम्मेदवारी फिर्ता लिएका छन् ।   

बाग्लुङमा बागलुङ प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई सघाउने नेकपाकाे सहमती बमोजिम घर्तीले उम्मेदवारी फिर्ता लिएका हुन् ।   

पूर्वमाओवादी निकट घर्तीले पार्टीको निर्णयविपरित बागी उम्मेदवारी दिएका थिए । उनलाई उम्मेदवारी फिर्ताका लागि हेलिकप्टर मार्फत बागलुङ बजार लगिएको थियो । तर निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय बिहान १० देखि १ बजेको लागि तोकेकोमा मगर करीब २० मिनेट ढिला पुगेपछि उम्मेदवारी फिर्ता लिन नमिल्ने बताएकाे थियाे ।  

यद्यपी घर्तीले आजै एक विज्ञप्ति जारी गर्दै जनमोर्चाका क.खिम विक्रम शाहीको पक्षमा पूर्ण समर्थन गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी नरहेकाे जानकारी गराएका हुन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *