बलिउडका पिता अमिताभ बच्चन अस्पताल भर्ना
मकालु खबर
२०७६ कार्तिक १ गते
कार्तिक १, भारत । बलिउडका पिता अमिताभ बच्चनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई गत मंगलबार बिहानको ३ बजे नियमित चेकअपका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको बताईएको छ ।
अमिताभलाई कसैले नभेटुन भनेर नानावती अस्पतालको गोप्य स्थानमा राखेर उनकाे उपचार गरिएको छ भने कसैलाई पनि उनीसँग भेट्न अनुमती दिइएको छैन ।
उनलाई अझै केही दिन अस्पतालमा नै बस्नु पर्ने भनिए पनि आईतबार उनको डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताईएको छ । अभिताभको स्वास्थ्यबारे अस्पतालले कुनै नोटिस जारी भने गरेको छैन ।
यदी नियमित चेकजाँच हो भने बिहान तीन बजे नै अस्पताल किन भर्ना गरियो भन्ने प्रश्न उठी रहेकाे छ तर यसको यथार्त भने बाहिर आउन सकिरहेकाे छैन ।
मकालु खबर
२०७६ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित