प्रिमनसुन सक्रिय : अझै केही दिन हावाहुरीसहित वर्षाको सम्भावना

वैशाख ६, काठमाडौं । देशमा स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेको छ । अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

महाशाखाका अनुसार बगाङ्लको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई-तीन दिन काठमाडौँ उपत्यकासहित देशको धैरै जसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ ।   

आज पनि पश्चिम, मध्य र पूर्वका केअी स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ ।   

null

अहिले प्रिमनसुन (मनसुन शुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भइरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

आगामी तीन दिनको मौसम पूर्वानुमान 

बैशाख ६ गते (शनिबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। 

रातीः  देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी  भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख ७ गते (आइतबार) 

दिउँसोः  पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली  रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा साथै तराइका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली  रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख ८ गते (सोमबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात पहाडी भूभागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ।पुर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *