बाबुको घुस लिन जाने छोरा पक्राउ
साउन २८, जनकपुर । महोत्तरी भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्यका छोरा घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई घुस रकम सहित पक्राउ गरेको हो ।
null
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै डेढ लाख घुस सहित मुकेशलाइ रंगेहात पक्राउ गरेको हो ।
भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रकम मध्ये वडा सदस्य कारीले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेका थिए ।
उनको छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई पक्राउ गरेको अख्यिारले जनाएको छ ।
अख्तियारका अनुसार सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहको मेलेमतोमा मुकेशलाइ लिन पठाएको हो ।