सहकारीको सिद्धान्तलाई आत्मसाथ गर्न जोड

 

जेष्ठ ९, चितवन । सहकारीको मुल्य र मान्यतालाई अंगिकार गर्दै अघि वढ्नु पर्ने सरोकारवाालाहरुले वताएका छन् । 

खैरहनी स्थित उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्था आयोजना गरेको अर्न्तक्रिया कार्यक्रममा उनीहरुले सहकारीका सात सिद्धान्तलाई आत्मसाथ गर्नु पर्ने वताएका हुन् । कार्यक्रममा उत्प्रेरणा वचतका कार्यकारी निर्देशक उत्तम अधिकारीले कतिपय सहकारीहरु आफ्नो मर्म र मूल्यमान्यता बिपरीत संचालन भईरहेको भन्दै सहकारी ऐन २०७५ लाई पछ्याएर हिड्नु पर्ने वताए । 

null

संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक अधिकारीले सहकारीहरुको रकम एकिकृत गरेर ठुला ठुला योजना संचालन गर्न सकिने समेत औल्याए । 

धेरै सहकारीहरु अव्वल भईसकेका छन् निर्देशक अधिकारीले भने सरकारले लिएको समृद्धीको नारामा सहकारीको योगदान रहन सक्छ ,त्यसका लागि निति वनाउन आवश्यक छ । संस्थाका कोषाध्यक्ष रामचन्द्र कोईरालाले अनुमानित वजेट तथा व्यवस्थापक सुजता खनालले वित्तिय विवरण प्रस्तुत गरेकी थिईन् । सो अवसरमा संस्थाले प्रकासन गरेको भित्तेपात्राको विमोचनसंगै वितरण समेत गरिएको सचिव नारायण महतोले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *