यी हुन् ४ लाख नगदसहित पक्राउ परेका ११ जुवाडे (नामसहित)

असोज २७, काठमाडौं । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले पक्राउ परेका ११ जुवाडेलाई सार्वजनिक गरेको छ ।   

बूढानीलकण्ठ नगरपालिका वडा नं.४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।   

उक्त घरमा जुवा खेली रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।   

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले उनीहरुको साथबाट ४ चार लाख १० हजार १५ रुपैयाँ, खेलमा प्रयोग भएको कौडा र तास बरामद भएको जानकारी दिए ।   

सुवेदीका अनुसार पक्राउ पर्नेमा बुढानिलकण्ठ न.पा.वडा नं. ४ बस्ने ४३ वर्षीय उत्तम कुईकेल, सोही स्थानका ३६ वर्षीय शिवराम भण्डारी, ३४ वर्षीय कृष्ण खत्री, ३२ वर्षीय मनोज खत्री, ३८ वर्षीय प्रेम दुलाल, ३५ वर्षीय नारायण खत्री, ३९ वर्षीय रोहित खत्री, ३६ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४३ वर्षीय नारायण भण्डारी रहेका छन् ।   

त्यस्तै टोखा न.पा.वडा नं. २ बस्ने ३४ वर्र्षीय बालकृष्ण श्रेष्ठ र ४२ वर्षका  वहरि प्रसाद डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।   

थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *