राजेन्द्र महतोको नागरिकता खारेज भएपछि राजपा नेतालाई तनाव

 

साउन २०, काठमााडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले नागरिकता खारेजी भएको व्यक्तिको नाम आफ्नो नामसँग मिल्न गएपछि संसदमा आक्रोश पोखेका छन् । 

सोमबारको संसद बैठकमा नेता महतोले सरकारको निर्णय सुनाउने क्रममा विस्तृत विवरण नदिई ‘राजेन्द्र महतो’ लगायत ८ जना नेपाली नागरिकता खारेज गरिएको मात्रै भनेर भ्रमको खेती गरेको भन्दै आपत्ति जनाए । 

null

संसदको विशेष समयमा भाग लिँदै उनले भने, ‘राजेन्द्र महतोलगायत ८ जनाको नागरिकता बदर गरेको समाचार व्यापक रुपमा प्रचारप्रसार गरिएको छ । नाम ठेगाना केही नभइ समाचार आयो । राजेन्द्र नाम गरेका सयौँ व्यक्ति हुन्छन् । को राजेन्द्र महतो हो ?’ 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा विभिन्न ८ जना भारतीयले लिएको नेपाली नागरिकता खारेज गरेको उल्लेख गरिएको थियो । त्यसमा राजेन्द्र महतो भन्ने नाम पनि परेको थियो। कतिपय सञ्चार माध्यममा राजपा नेता महतोलाई जोडेर समाचार प्रशारित भएपछि नेता महतोले आपत्ति जनाएका हुन् । 

सञ्चारमाध्यमले वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण सुझाव दिँदै महतोले सञ्चार माध्यमले आफ्नो मानहानी गरेको आरोप लगाए । उनले सरकारले यस विषयमा अभिव्यक्ति दिनुपर्ने बताए । 

उनले त्यो मानहानी राज्यको तर्फबाट गराइएको भन्दै प्रश्न तेर्साए । उनले भने, ‘भोलि कृष्णबहादुर महरा डकैतीमा आजीवन कारावास भनेर समाचार आयो भने के हुन्छ ? नाम मात्र भनेर सञ्चार माध्यममा आउनु गैरजिम्मेवार छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *