राष्ट्रिय परिचयपत्र छाप्न सुरु

काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले बिहीबार राष्ट्रिय परिचयपत्र छाप्न सुरु गर्दैछ। परिचयपत्र विद्युतीय र स्मार्ट कार्ड प्रविधिमा आधारित हुने छन्। केन्द्र गृह मन्त्रालयअन्तर्गतको निकाय हो। 

केन्द्रका वरिष्ठ इन्जिनियर मुकेश रेग्मीले अत्याधुनिक प्रविधिसहितको परिचयपत्र छपाइको तयारी सकिएको जानकारी दिए। 

उनका अनुसार पहिलो चरणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत भीभीआईपी र सिंहदरबारभित्रका ७ हजार कर्मचारीको परिचयपत्र छापिनेछ। सँगै पाँचथर जिल्लाका १ लाख १० हजार नागरिकको परिचयपत्र छानिेछ। केन्द्रले परिचयपत्र छाप्न राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैको व्यक्तिगत तथा जैविक विवरण संकलन गरिसकेको छ। 

null

केन्द्रका कम्प्युटर इन्जिनियर ज्ञानेश्वर बोहोराका अनुसार परिचयपत्रमा नागरिकको तीनपुस्ते विवरण समेटिनेछ। साथै व्यक्तिको शैक्षिक योग्यता, पेसा, जाति/धर्म, ठेगानालगायत विवरण पनि राखिनेछ। परिचयपत्र पाएपछि नागरिकले अन्य कुनै कागजात बोक्नु नपर्ने उनले बताए। 

परिचयपत्र छाप्न केन्द्रले फ्रान्सको डाटाकार्ड कम्पनीबाट अमेरिकामा निर्मित झण्डै ५ करोड मूल्यको अत्याधुनिक मेसिन ल्याएको छ। मेसिनले १ घण्टामा ५ सयभन्दा धेरै परिचयपत्र छाप्छ। केन्द्रका प्रमुख इन्जिनियर रेग्मीले ३ वर्षभित्र सबैको हातहातमा स्मार्ट कार्ड प्रविधिको परिचयपत्र पुर्याउने लक्ष्य राखिएको जानकारी दिए। 

आगामी वर्ष सात प्रदेशका १५ जिल्लाका नागरिकलाई उपलब्ध गराइने र ३ वर्षमा सबैलाई वितरण गर्ने तयारी गरिएको जानकारी उनले दिए।-अन्नपुर्ण 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *