आगामी बजेटले जनतामाझ गरेका प्रतिबद्धता आत्मसात गरेको छः महासचिव पौडेल
मकालु खबर
२०७६ वैशाख ३१ गते
बैशाख ३०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आगामी बजेटले नेपाली जनताको चाहना समेटेको बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सोमबार प्रतिनिधि सभाको बैठकमा भएको आर्थिक वर्ष २०७६/०७७ को प्रिबजेट छलफलमा भाग लिने क्रममा यस्तो धारणा राखेका हुन् ।
null
‘विधेयकले समृद्ध नेपाल र सुःखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरुप आर्थिक विकास, सामाजिक न्याय र सुशासन हासिल गर्ने उद्देश्य निश्चित गरेको छ । बजेटका सिद्धान्त र प्राथमिकताले सही विचार, सही दृष्टिकोण आत्मसात गरेको छ’, उनले भने ।
विगत निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धतालाई पनि विनियोजन विधेयकले आत्मसात गरेको स्पष्ट पार्दै सामाजिक सुरक्षा, मर्यादित रोजगारी र गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्ने संकल्प बाकेको उनले बताए ।
मकालु खबर
२०७६ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित