बसपार्क जाने बाटो नभएपछि स्थानीय आक्रोशित
“
नेपालगन्ज, साउन ६ । नेपालगन्जको अत्याधुनिक बसपार्क जाने बाटो सन्तोष जनक नरहेको स्थानीयले बताएका छन् ।
नेपालगन्जको अध्याधुनिक बसपार्क बनिरहदा बसपार्क जानेबाटोमा स्थानीयको चित्त बुझ्न सकेको छैन । २५ करोडको लागतमा निर्माण भइरहेको अत्याधुनिक बसपार्क जाने बाटो सघुरो निर्माण हुन थालेपछि स्थानीयले आक्रोश समेत पोखेका छन् । बसपार्क जाने सडक त सडक जस्तो हुन पथ्यो तर सडक नै साघुरो निर्माण हुन थालेपनि स्थानीयले बसपार्क जस्तो सडक नवस्नेमा आफू सन्तुष्ट नरहेको बताएका छन् । २२ मिटरको सडकलाई ११ मिटर बनाएर झन् साघुरो सडक निर्माण भइरहेको स्थानीय रमनाथ ढकालले बताए ।
पुष्पलाल चोकदेखि बसपार्क सम्म निर्माण हुनलागेको सडक साधुरो निर्माण भइरहेको जनगुनासो स्थानीयले पोखेका छन् । जग्गा हुँदा हुँदै पनि साधुरो सडक निर्माणले गर्दा अत्याधुनिक बसपार्कको गरिमामयमा आच आउने स्थानीयले बताएका छन् । २० औ वर्षपछि बन्नलागेको बसपार्क र बसपार्क जाने सडक गुणस्तरिय र सुविधा सम्पन्न हुन आवश्यक रहेको स्थानीय विष्णु प्रसाद गौतमले बताएका थिए ।
नेपालगन्ज बसपार्क सडक जनता विपरीत भएको स्थानीयको आरोप छ । २२ मिटर चौडा सडक हुन पर्नेमा ११ मिटर सडक निर्माणले नै जनता विपरीत निर्माण भइरहेको उनीहरूले बताएका छन् । बसपार्कलाई जोडने् हुलाकी सडक नै गुणस्तरहिन र खुम्चाएर निर्माण भएको कारण यसलाई रोक्न जरुरी रहेको स्थानीयको भनाई छ ।
“