विराटनगरको दोस्रो हारमा चितवनको पहिलो जित

 

मंसिर २८, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्सलाई पराजित गर्दै चितवन टाइसर्गले जित निकालेको छ । शुक्रबार भएको खेलमा विराटनगरलाई ५ रनले हराउँदै चितवनले पहिलो जित हात पारेको हो । 

यसअघि लगातार हार व्यहोरेको चितवनले ४ खेलबाट ४ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । 

null

टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको चितवनले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १ सय ९६ रन जोड्यो । 

तर जवाफी ब्याटीङमा विराटनगरले पुरा ओभर खेल्दा ८ विकेटको क्षतिमा मात्र १ सय ९१ रन जोड्न सक्यो। 

विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले ९० रनको अर्धशतकीय इनिङस खेले । बाबरले ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरे । 

करण केसी २४ रनमा अविजित रहे भने आसिफ शेखले ३० रन, कप्तान पारस खड्काले १९ रन र अनिल कुमार साहले १२ रन जोडे । 

चितवनका प्लेयर अफ दि म्याच बनेका ललित सिंह भण्डारीले ४ विकेट लिए । यस्तै सागर ढकालले ३ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । 

चितवनका ब्याट्सम्यान जोन सिमप्सनले ७८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन, ओपनर सन्दीप सुनारले ३० रन, पाउल स्टर्लिङले १५ रन जोड्दा जर्ज स्कट २४ रनमा अविजित रहे । 

विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले १–१ विकेट लिए । 

शुक्रबारको खेलमा हार व्यहोरेतापनि विराटनगरको प्ले अफ सम्भावना कायम रहेको छ । ४ खेलबाट ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ भने चितवन चौँँथो स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *