दैनिक ज्यालादारी मजदुरलाई एनआईसी एशिया बैकले दियो खाद्यान्न सामग्री

चैत १७, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरिरहेका बेला एनआईसी एशिया बैंकले दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि खाद्यान्न सामाग्री वितरण गरेको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आइतबार एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरे । 

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको बताए । यसैगरी बैंकले लकडाउनमा सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ जनाएको छ । 

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था मिलाएको छ । 

यस्तै बैंकले विषम परिस्थितिमा ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा  टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा  सम्पर्क सक्ने व्यवस्था मिलाएकाे छ । 

बैंकलाई नागरिकले गरेको विश्वास र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *