संसदमा प्रिबजेट छलफल सुरु (Live: भिडियो)

 

बैशाख २७, काठमाडौं । संसदमा आजदेखि आर्थिक वर्ष २०७६/७७ को प्रिबजेटमाथि छलफल हुँदैछ । 

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेट विनियोजनका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ । 

null

प्रतिनिधि सभा पछि उनले राष्ट्रिय सभामा दिउँसो १ बजे सो प्रस्ताव पेश गर्नेछन् । आजदेखि ३० गतेसम्म चल्ने प्रिबजेट छलफलमा सांसदहरुले आ–आफ्ना धारणा तथा सुझाव राख्ने छन् । उनको प्रस्तावमाथि दलीय प्रतिनिधितवका आधारमा छलफल हुने संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिए । 

सरकारको नीति तथा कार्यक्रम बैशाख २४ गते नै बहुमतले पारित भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *