डीपीएलः दुई खेलमा जित निकालेको रुपन्देही अत्तरियासँग हार्यो

फागुन २, धनगढी । तस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटमा बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीको पहिलो हारमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले दोस्रो जित निकालेको छ । 

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको हो । 

पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको थियो । जितसँगै अत्तरियाले २ खेलबाट ४ अंक जोडेको छ । लगातारको जितपछि अत्तरियाले प्ले अफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ । 

null

अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । 

रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप सुनारले १५, प्रदिप ऐरी र विक्रम शोबले समान १४–१४ रन बनाए । विनोद भण्डारी १० रनमा आउट भए । 

अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय इनिङस खेले । ४२ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ५० बलमा १० चौका र १ छक्का प्रहार गरे । 

कप्तान दिपेन्द्र र रित गौतमले ५७ रनको साझेदारी गरे । रित १२ रनमा आउट भए । 

यस्तै अत्तरियाका सन्नी पटेल र सुबेन्धु पाण्डेले समान १२–१२ रन बनाए । रुपन्देहीका ललित सिंह भण्डारीले ३ र बिक्रम शोबले २ विकेट लिए भने बसन्त रेग्मी र पुनित मेहेराले समान १–१ विकेट लिए । 

रुपन्देहीको यो पहिलो हार हो । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो । दुई खेलबाट ४ अंक जोडेको रुपन्देही तेस्रो स्थानमा छ । रुपन्देहीको पनि प्ले अफ सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *