सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच सम्झौता

भाद्र ३०, काठमाडाैँ ।  टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र  ज्योति बिकाश बैङ्क बिच कर्जा सम्झौता भएको छ ।   

सम्झौता अनुसार अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति बिकाश बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ । 

सिप्रदीले बिगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५०० भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री बितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरीबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।     

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *