श्री एयरलाइन्सको जहाज रनवेमै बिग्रियो, उड्नै लागेको जहाज बिग्रिदा यात्रु तनावमा

फागुन १०, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको छ । बिहान साढे ८ बजेका लागि उडान तय भएको जहाज रनवेमै बिग्रिएको हो ।   

विमानभित्र सबै यात्रु बसिसके र एयर होस्टेजले पनि यात्रा प्रारम्भ हुने सूचना दिइसकेपछि विमान बिग्रिदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । विमानले उडान प्रारम्भ गर्नुअघि नै प्राविधिक चेकजाँच भएर मात्रै उडान अनुमति पाउने भएपनि उड्नै लागेको विमान बिग्रिदा यात्रुले प्राविधिक चेकजाँचमा लापरवाही भएको हुनसक्ने आंशका गरेका छन् । 

जहाजमा ‘टेक्निकल प्रोब्लम’ आएकाले उडान रोकिएको श्री एयरलाइन्सले जनाएको छ । एयरलाइन्सको त्रिभुवन विमानस्थलमा रहेका एक कर्मचारीले यात्रुहरुलाई अर्को विमानमा पठाउने तयारी भएको बताए । उनका अनुसार धनगढीबाट विमान आएपछि उक्त विमानमा यात्रुलाई पठाउने तयारी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *