विवेकशिल साझामा भुईंचालो, उज्जवल थापाको नयाँ दल दर्ता

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । 

नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यो समूहका प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि छन् । स्थानीय निकायको निर्वाचन र प्रतिनिधिसभा निर्वाचन अघि विवेकशील र विविसीका पूर्वपत्रकार रविन्द्र मिश्रले खोलेको साझा पार्टी विच एकीकरण भएको थियो । 

एकीकरणको दुई वर्ष पनि नभइ पार्टी टुक्रनुमा आर्थिक हिनामिना रहेको बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार पार्टी भित्र देश विदेशबाट आएको करोडौं चन्दा सहयोग पारदर्शी नभएको र नितिगत निर्णयमा रविन्द्र मिश्र हावी भएपछि उज्ववल थापाले असन्तुष्टी जनाउँदै आएका थिए । 

null

उज्ववल थापा निकट पार्टीका एक केन्द्रिय नेताले पार्टी भित्र उत्पन्न आर्थिक घोटालाका कारण मिश्रको टीमसँग उज्ववल थापा बस्न नमानेका हुन् । ‘विवाद पहिले देखि नै थियो, खास गरी आर्थिक पारदर्शिता र केहि नितिगत विषयमा दुई जनाको असहमति थियो ।’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने ।  

पार्टीमा युवाहरुको बाहुल्यता रहेको छ । पार्टीलाई उल्लेख्य मात्रामा प्रवासी नेपालीहरुले आर्थिक सहयोग जुटाउँदै आएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *