भद्रपुर विमानस्थलमा एक्सरेबाट चेकजाँच हुने

झापा, साउन ६ । भद्रपुर विमानस्थलमा अब एक्सरे मेसिनबाट चेकजाँच हुने भएको छ । सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्सरे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिनुभयो ।

मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहँुदा चेकजाँच निकै झन्झटिलो हुने गरेको चूडालको भनाइ छ । मेसिन जडान भइसकेको छ ।

भद्रपुर विमानस्थललाई सुरक्षित एवम् व्यवस्थित पार्ने काम भइरहेको छ । भौतिक संरचना व्यवस्थित गर्ने काम अघि बढाइएको छ । विमानस्थलमा शौचालयको व्यवस्थापन, रङरोगन, टायल लगाउन थालिएको छ ।

विमानस्थलको सुरक्षाका लागि ६ वटा सिसी क्यामेरा जडान गरिएको छ । जापानी संस्था जाइकासँग स्तरोन्नती गर्न सम्झौता भइसकेको चुडालले बताउनुभयो । भद्रपुरबाट दैनिक बुद्ध एयरलाइन्सले तीन, यतिले दुई, सौर्य र नेपाल एयरलाइन्सले एक÷एक हवाई उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *