कोशी ब्यारेजकाे ३३ ढोका खुल्ला गरियोः पानीको बाहव निरन्तर बढेर खतराको संकेत

 

असार २८, सुनसरी । देशभरी नै लगातार परेको बर्षा भएकै कारण सप्तकोशी नदीको वहाव बढेर खतराको संकेत दिइरहेकाे छ । 

लगातार पानीकाे बहाव बढेकाे कारण कोशी ब्यारेजकाे ५६ वटा ढोका मध्ये हिजो बिहान २२ वटा ढोका खोलिएको छ भने आज थप ११ ढोका खोलिएर जम्मा ३३ ढोका खुल्ला गरिएकाे छ । 

null

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी व्यारेजमा आज पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ पुगेपछि ३३ वटा ढोका खोलिएको हो ।सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढि रहेको कार्यालयको सञ्चार शाखाले जनाएको छ । 

पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि कोशी ब्यारेज स्थित कन्ट्रोल रुमले रातो बत्ती बालेर झण्डा राख्ने गरेको सशस्त्र प्रहरी वल भण्टावारकिा इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् । शुक्रबार साँझ सप्तकोशीमा पानीको बहाव २ लाख १७ हजार क्युसेको रहेको बताईएको छ । 

त्यस्तै ढोका नखोल्दा बाँध भत्किएर नेपाललाई खतरा हुने गरेको छ भने ढोका खोल्दा भारतको विहार जनमग्न हुने गरेकाले दुबै देशमाथी खतराको संकेत नै देखिएको छ । शुक्रबार परेको अबिरल वर्षाका कारण मोरङ र सुनसरीको अधिकांश स्थान डुवानम परेको थियो भने कति व्यक्ति बेपत्ता हुनुको साथै सयौं भन्दा बढी परिवार विस्थापित भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *