टिभीको लाइन जोड्ने क्रममा मुखले तार टोक्दा करेन्ट लागेर मृत्यु

जविराज, साउन ६ । सप्तरीमा शुक्रबार (आज) भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका–५ स्थित देउरीमा स्थानीयवासी ४० वर्षीय नकुल शाहको घरमा टिभीको लाइन जोड्ने क्रममा मुखले तार टोक्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, छिन्नमस्ता गाउँपालिका–५ स्थित बरहिबिरपुरको घर नजिकै रहेको पोखरीमा खेल्दा–खेल्दै डुबेर स्थानीयवासी हरेराम रायका सात वर्षीय छोरा धर्मदेव रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *