११ बुँदे समझदारीमा सुल्झियो कपिलवस्तुको विवाद, कर्फ्यू हटाउने तयारी

कार्तिक १५, काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मूर्ति विसर्जनका क्रममा भएको विवाद ११ बुँदे समझदारीमा सुल्झिएको छ । दुई पक्षबीचको लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधान निस्किएको हो ।   

११ बुँदे सम्झौतामा घटनाको निश्पक्ष छानविन, दोषीमाथी कारवाही, सदभाव कायम राख्ने लगायतका विषय छन् । दुवै पक्षको असमझदारी हटाइए पनि तत्काल कफ्र्यू भने हटाइएको छैन । अवस्था पूर्ण रुपमा शान्त भएपछि मात्रै कर्फ्यू हटाउने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाले जानकारी दिए ।   

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि बिहीबार जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो ।   

रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच बुधबार साँझदेखि विवाद सुरु भएको हाे । विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै स्थानीय जाइलागेपछि बिहीबार स्थिति थप तनावग्रस्त बनेको थियो ।     

स्थिति नियन्त्रणका क्रममा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको हो । अहिले विवाद मिलिसकेको छ । आज साँझसम्म कर्फ्यू खुल्ने सम्भावना छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *