‘टुटल र पठाओ कानुन अनुसार नै चलेका छन्’ सरकार

फागुन ३०, काठमाडौं । राइड शेयरिङका नाममा चलेका टुटल र पठाओ जस्ता सेवा कानुन अनुसार नै चलेको सरकारले बताएको छ । 

गत मङ्गलबार निजी सार्वजनिक साधनले भाडाका यात्रु बोक्न नपाउने सूचना जारी गरेको यातायात व्यवस्था विभागले बिहीबार राती अर्को सूचना निकालेर टुटल र पठाओ कानुन अनुसार नै चलेको जनाएको छ । विभागले यातायात व्यवस्थापन, रुट, भाडादर, अनुमति र नियमनको अधिकार प्रदेश सरकारमा गएको भन्दै आफूहरुले टुटल र पठाओलाई बन्द गर्न अनुमति नदिएको स्पष्ट पारेको छ । 

विभागले टुटल र पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई कानुन अनुसारै चलेको प्रष्ट पारेपछि राजधानीका ट्याक्सी ब्यवसायी रुष्ट भएका छन् । सरकारले सार्वजनिक ट्याक्सीलाई मिटरमा जान पटकपटक निर्देशन दिँदै आएपनि मिटरमा जान मानिरहेका छैनन् । यस्तोमा टुटल र पठाओले ल्याएको सर्भिस आम उपभोक्ताका लागि लोकप्रिय भएको थियो ।   

वाग्मती प्रदेशसभाले पारित गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ ले नै यातायात व्यवस्थापन र नियमन गर्ने विभागले जनाएपछि टुटल र पठाओ बन्द गर्नुपर्छ भन्नेहरुलाई धक्का लागेको छ ।   

वाग्मती प्रदेशसभाले पारित गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ मा ’निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र चार पाङ्ग्रे तथा मोटरसाइकल र स्कुटरले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिएर यात्री बीमा गरी ओसारपसार गर्न सक्नेछन्’ भन्ने उल्लेख भएको विभागले जनाएको छ । 

याे पनि हेर्नुहाेस 

http://www.makalukhabar.com/news/773121 

यसमा नीतिगत व्यवस्थापन गर्ने दायित्व सङ्घीय सरकारको भएकाले ऐन समय सापेक्ष बनाउन लागिएको पनि विभागले जनाएको छ ।   

अखिल नेपाल मजदुर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले विभागलाई विपक्षी बनाएर टुटल तथा पठाओ बन्द गर्न उच्च अदालतमा मुद्दा दायर गरेको तर अदालतले त्यो मुद्दामा विभागलाई निषेधाज्ञा जारी नगरेको र कानुन निर्माणलाई जोड दिएको पनि विभागले जनाएको छ । 

विभागले वाग्मती प्रदेश सरकारको प्रदेश यातायात ऐन र उच्च अदालतको परमादेश अनुसार नै चल्न पनि आग्रह गरेको छ । 

हेर्नुहोस विज्ञप्ति 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *