एन आई सी एशिया बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

 

जेठ ६, काठमाडौं । एनआई सी एशिया बैंकका ग्राहकले एभरेष्ट अस्पताल काठमाडौंमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र ग्राहकले अस्पतालमा उपचार गराउँदा विभिन्न सुविधाहरुमा ५ देखि १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

null

बैंक र एभरेष्ट अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् । 

पछिल्लो समय एन आइ सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई बढिभन्दा बढि सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सेवाका सुविधाहरु ल्याएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *