साबिकको विजेता रियलले भिक्टोरियालाई जित्यो
मकालु खबर
२०७५ कार्तिक ७ गते
एजेन्सी । साबिकको विजेता स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २ – १ ले हराएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्सेलोले एक एक गोल गरे । भिक्टोरियाका प्याट्रिक ह्रोसोभ्स्काईले एक गोल फर्काए ।
null
सान्टियागो बेर्नाबेउमा खेलको ११ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ५५ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा भिक्टोरियाका प्याट्रिकले एक गोल फर्काएपछि रियलले २ – १ गोलको जित निकाल्यो ।
मकालु खबर
२०७५ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित