स्वदेश फर्कँदै मुख्यमन्त्री राईले भने– ‘समयको सदुपयोग गर्न अमेरिका गएको हुँ’

कात्तिक २८, काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विदेश भ्रमण यतिबेला चर्चामा चुलिएको छ । 

बैंकका लागि उडेका मुख्यमन्त्री राई अमेरिका कसरी पुगे भन्ने कुराले चर्चासँगै राम्रै आलोचना पायो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि यसले राम्रै स्थान पाएको थियो । 

कात्तिक १६ गते घाँटीको उपचारका लागि थाइल्याण्डको बैंककबाट कात्तिक १९ गते जर्मनी हुँदै अमेरिका पुगेका मुख्यमन्त्री राईले बुधबार स्वदेश फर्कँदै यस विषयमा मुख खोलेका छन् । 

null

अमेरिका भ्रमणबाट बुधबार फर्किएका मुख्यमन्त्री राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय सरकारको स्पष्ट स्वीकृति लिएरै गएको बताए । 

‘स्वास्थ्य उपचारका लागि सरकारको स्वीकृतिमै म थाइल्याण्ड गएको हुँ’, उनले भने, ‘उपचारमा संलग्न डाक्टरले स्वास्थ्य स्थिति राम्रो रहेको बताएपछि बाँकी समय सदुपयोग गर्न अमेरिका गएँ ।’ 

उनले अमेरिका पनि सरकारकै स्वीकृतिमा गएको दावी गरे । अमेरिकामा विभिन्न नेपाली संघसंस्थाले आयोजना गरेका कार्यक्रममा आफू सहभागी भएको उनको भनाइ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *