उपराष्ट्रपतिलाई जिम्मेवारी सुम्पेर राष्ट्रपति पोल्याण्ड प्रस्थान, यस्तो छ भ्रमण तालिका

 

मंसिर १५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । 

२ डिसेम्बर आइतबार देखि १४ डिसेम्बरसम्म सञ्चालन हुने सो कार्यक्रममा राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । 

null

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले (डिसेम्बर २) आइतबार जर्मनीको वर्लिनस्थित नेपाली दूतावासमा दूतावासले आयोजना गरेको सम्मेलनमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

 

त्यस्तै उनले कोप २४ को उच्चस्तरीय सत्रलाई (डिसेम्बर ३) सोमबार सम्बोधन गर्नेछिन् । सोमबार नै राष्ट्रपति भण्डारीसँग राष्ट्र संघको महासभाकी अध्यक्ष फर्नान्डा स्पीनोसा गार्सियसले भेटवार्ता गर्नेछिन् । 

सोमबार साँझ पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पोल्याण्डका राष्ट्रपति डुडासँग भने राष्ट्रपति भण्डारीले (डिसेम्बर ४) मंगलबार कातोविचमा द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । 

राष्ट्रपति भण्डारी बुधवार ५ डिसेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनी बिहीबार बिहान काठमाडौँ आइपुग्नेछिन् । 

उनको पोल्याण्ड भ्रमणलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको दिने निर्णय गरेको थियो। 

राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गरेकोले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । 

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *