लकडाउनमा कर्मचारीको तलब नकाट्ने ‘द वर्गर हाउस’को घोषणा

चैत्र १४, धरान । धरानस्थित द वर्गर हाउसले आफ्ना कर्मचारीको तलब नकाट्ने भएको छ । नेपाल तरुण दल सुनसरी उपाध्यक्ष सन्तोष विकद्वारा सञ्चालित वर्गर हाउसले कोरोना भाइरस संक्रमणको लकडाउन समयमा द वर्गर हाउस धरानले कार्यरत २० जना कर्मचारीको तलब कट्टा नगर्ने घोषणा गरेका हुन् ।  

‘कोरोना भाइरसका कारण विश्व नै लकडाउन भएको अवस्थामा द वर्गर हाउसपनि बन्द छ । यो परिप्रेक्ष्यमा त्यहाँ कार्यरत कर्मचारीलाई तलब सुविधा नदिइकन राख्दा उनीहरुको दैनिक गुजारामा असर पर्ने भएकोले हामीले २० जना कर्मचारीको यो अवधिमा तलब नकाट्ने घोषणा गरेका छौं ।’ तरुण दल सुनसरी उपाध्यक्ष समेत रहेका सन्तोष विकले भने ।  

हाल वर्गर हाउस धरानमा वेटर ४ जना, बार टेण्डर २ जना, कफी मेकर २ जना, डेलीभरी ब्वाई २ जना, सरसफाइमा २ जना तथा अन्य कर्मचारी ८ जना गरी २० जना कर्मचारी कार्यरत छन् । वर्गर हाउसले सरकारले जहिलेसम्म लक डाउन गर्दछ त्यो दिनसम्म कर्मचारीको तलब नकाट्ने भएको हो । ‘यो समय एकले अर्कोलाई बचाउने र बाच्ने हो । ब्यवसायीक कारोबार ठप्प भयो भन्दैमा कर्मचारीलाई भोकै राख्न मिल्दैन ।’ सञ्चालक विकले भने । 

दुई वर्ष अघि धरानमा खुलेको वर्गर हाउसले आफ्ना कर्मचारीलाई श्रमजिवी ऐन अन्तरगत तलव सेवा सुविधा प्रदान गर्दै आइरहेको बताएको छ । यसैगरी तरुण दल सुनसरी उपाध्यक्ष समेत रहेका सन्तोष विकले कोरोना भाइरस सन्त्रासबाट बच्न आम नागरिकलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गरेका छन् ।  

उपाध्यक्ष विकले कोरोना भाइरसको प्रकोपबाट बच्न र उपचार गर्न अहिलेसम्म कुनै विधि आइ नसकेको हुँदा यसबाट बच्ने एउटै उपाय भनेको घरभित्र सुरक्षित रहनु नै रहेको बताए । ‘कोरोना भाइरसको उपचार आइसकेको छैन, अहिलेको समय चिकित्सकहरुले भने अनुसार घर बाहिर ननिस्कनु, अनिवार्य मास्क लगाउनु तथा बारम्बार साबुनपानीले हात धुनु हो ।’ उनले भने । 

उपाध्यक्ष विकले स्वस्थ जिवन रहे नै समाज र देशका लागि गर्न सकिने बताउँदै अहिलेको अवस्थामा आफु स्वस्थ र सुरक्षित रहनु नै महत्वपूर्ण काम भएको बताए । ‘सरकारले चालेका हरेक कदम नागरिकका सुरक्षाका लागि हुनुपर्दछ र हामी नागरिकले पनि यस्तो बेला सरकाले लागू गरेको नियममा रहेर सरकारलाई सहयोग पुर्याउनु पर्छ । स्वस्थ रहौं, सुरक्षित रहौं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *