अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं। ‘‘सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो। 

नेपालसहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका छन् । बालबालिकाहरूको आधारभूत आवश्यकताहरु पूरा गरी खुसी, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको केन्द्रीय बालकल्याण समिति सूचना अधिकृत रामबहादुर चन्दले जानकारी दिेए।  

उनले अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरु माथि भइरहेको हिंसा र दुव्र्यवहारहरुको निराकरण गरी उनीहरूको व्यक्तित्व विकास नरोकिने खालको सहज परिस्थितिको वातावरण सिर्जना गरिदिनु रहेको जानकारी दिए। चन्दले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नेपालमा बालबालिकाको स्थिति २०७५ नामक वार्षिक प्रतिवेदन बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए।  

null

सडक बालबालिकाको क्षेत्रमा काम गर्न भनेर सयौँ सङ्घ–संस्था दर्ता भएका छन् । सङ्ख्या हेर्ने हो भने सडकमा भएका बालबालिकाभन्दा यो क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढी देखिन्छ । उनीहरूका लागि काम गर्ने सङ्घ–संस्थाको सङ्ख्या ५२५ छ । तीमध्ये केही संस्थाहरु सक्रिय रूपले काम गरिरहेका छन् । ११ वटा संस्था मात्रै सक्रिय भएको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *