सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आज होबर्ट हुरिकेनसँग खेल्दै

नेपाली युवा स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यासको आफ्नो दोस्रो खेलमा आज होबर्ट हुरिकेनसँग खेल्दैछ।यसअघि आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरूद्ध हार व्यहोरेको मेलबर्न स्टार्स आज जितको खोजीमा हुनेछ। 

पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न तालिकाको पुछारमा छ। यता पहिलो खेलमा ब्रिसबेन हेटलाई १५ रनले हराएको होबर्ट तालिकाको चौथो स्थानमा छ। होबर्टमा हुने खेल नेपाली समय अनुसार आज बिहान साढे १० बजेबाट सुरू हुनेछ। 

यसअघि आफ्नो डेब्यू खेलको डेब्यू ओभरमै दुई विकेट लिएका लेगस्पीनर सन्दिप लामिछानेको आज हुन लागेको दोस्रो खेलमा पनि महत्वपूर्ण भूमिका रहनेछ। सन्दीपले यसअघि ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए। 

null

सन्दीपले पहिलो ओभरमा किफायती बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका थिए। सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा तथा अन्तिम बलमा म्याकुलम फेर्गुसनलाई आउट गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *