‘कुले दाई’ भन्दै सुमीले सन्नीसँग मज्जाले कम्मर मर्काए
असार १९, काठमाडौँ । हरि हुमागाँइद्वारा निर्देशित चलचित्र ‘सरौतो’को पहिलो गित सार्वजनिक गरिएको छ । ‘कुले दाई’ बोल रहेको यस गितको भिडियोलाई चलचित्रको निर्माणटिमले काठमाडौँमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।
करिब ५ मिनेटको उक्त सार्वजनिक गरिएको गितको भिडियोमा चलचित्रको मुख्य कलाकार सुमी मोक्तानले कलाकार सन्नी सिंहसँग मज्जाले कम्मर मर्काएर नाचेको देखाईएको छ ।
null
गायक तथा संगितकार राजनराज सिवाकोटी र गायिका मिलन नेवारको सुमधुर स्वरले भरिएको यस गितमा संगित र शब्द पनी सिवाकोटी आफैको रहेको छ भने यस गितको भिडियो निलिशा शाक्यले कोरियोग्राफी गरेकी हुन् ।
कात्तिक २२ गते प्रदर्शन मिति छुटाएको चलचित्र ‘सरौतो’ विराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एन्ड ग्लिटर स्टूडियोको ब्यानरमा निर्माण भएको चलचित्र हो ।
एक्सन र बदलाको कथामा बनेको यस चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको भूमिका रहेको छ ।
भिडियाे हेर्नुहाेस्