उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न गरियो छठ

कात्तिक २८, काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिँदै श्रद्धालु भक्तजनहरुले छठ व्रत सम्पन्न गरेका छन्। 

चारदिनको कठिन पूजासँगै बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ व्रतालुहरुले व्रत सम्पन्न गरेका हुन् । 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यका लगायत अन्य जिल्लाका खोला, नदी तथा घाटहरुमा सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लाग्ने गर्दछ । 

null

उपत्यकाको गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । 

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । छठ पूजा सम्पन्न गरेसँगै श्रद्धालुहरुले प्रसाद ग्रहण गर्ने र व्रतपनि तोड्ने परम्परा रहिआएको छ। 

छठको पहिलो दिन आइतबार सामान्य सखर, लौकाको सब्जीसहित भोजन ग्रहण गर्ने व्रतालुहरुले सोमबार दोश्रोदिन खरना हुने गर्दछ। 

सोदिन व्रतालुहरुले बिहानदेखि बेलुकासम्म खानपिन नगर्ने चलन रहेको छ। यद्धपि सूर्यास्तपछि बेलुका भने भोजन ग्रहण गर्न सक्ने बताइन्छ। 

त्यसैगरि छठको तेश्रोदिन मंगलबारपनि व्रतालुहरुले अस्ताउदो सूर्यलार्य अर्घदिएर मात्र भोजन ग्रहण गर्नेगर्दछन्। चौथो दिन भने उदाउँदो सूर्यलाई अर्घ दिदैं व्रतालुहरुले विधिवत रुपमा पर्वको समापन गर्दछन् । 

चोखो नितो गरेर बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । 

दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । 

विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *