तानसेन–बुटवल सडकखण्ड ३ दिन बन्द हुने

मंसिर १७, काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्डको सोमबारबाट मर्मत कार्य सुरु गरिएको छ । 

तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढुंगाहरु हटाएर बाटो खुल्ला गर्ने काम थालिएको हो । 

मर्मत कार्यलाई तीव्रता दिएसँगै (मंसिर १७) आजदेखि (मंसिर १९) ३ दिनसम्म उक्त सडकखण्ड बन्द हुने भएको छ । सोमबारदेखि बुधबारसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

null

आवागमनमा अवरोध हुने भएकाले सवारी चालकले वैकल्पिक उपाय सोच्नुपर्ने हुन्छ । एम्बुलेन्सलाई भने यो नियम लागू नहुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *