अमेरिकी नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं, साउन ७ । कुटनीतिक सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले यसै हप्ताभित्र भ्रमण प्रतिबन्धसम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको बताइएको छ । त्यो सूचना प्रकाशित भएको ३० दिनपछि कार्यान्वयनमा आउने छ ।

गत महिना उत्तर कोरियाको जेलबाट रिहा भएका अमेरिकी विद्यार्थी ओटो वामबियरको ज्यान गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने तयारी थालेको हो ।

प्रतिबन्ध लागूभएपछि कुनै पनि अमेरिकी नागरिकले विशेष स्वीकृति बिना उत्तर कोरियाको भ्रमण गर्न पाउने छैनन् ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण अमेरिकासँगको उसको सम्बन्ध तनावमा छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *