मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने

मंसिर १३, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।  

गाउँपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने तयारी छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मन्जिता सरदार लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन ।  

कटहरी गाउँपालिकाको पुर्वमा धनपाल थान, पश्चिममा विराटनगर, उत्तरमा ग्रामथान र दक्षिणमा जहदा गाँउपालिका छ । ८ हजार २ सय घरधुरी रहेको कटहरी गाउँपालिकामा ३९ हजार ७ सय ७५ जनसंख्या रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *