हिंसात्मक घटना भएपछि धरानको मेलामा प्रशासनद्वारा ताला

कात्तिक ७, धरान । धरानमा सञ्चालन भएको दशैं मेलालाई लिएर मंगलबार झडप भएपछि मेला रोक्न १ नं प्रदेशको मुख्यमन्त्री शेरधन राईले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएका छन् । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई बुधबार (आज) बिहान टेलिफोन गरेर मुख्यमन्त्री राईले मेला तत्काल रोक्न आदेश दिएका हुन् । 

सुरक्षाको दृष्टिकोणले संवेदनशील भएकाले मेला बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए । उप्रेतीको निर्देशन बमोजिम इलाका प्रहरी कार्यालय धरानले मेलामा ताला लगाएर निगरानी गर्दै आएको छ । 

null

अनुमतिविना मेला सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मेला बन्द गर्न प्रहरीलाई निर्देशन दिएपछि मंगलबार बेलुकी नै  पब्लिक उच्च मा.वि. को तीन वटै गेटमा ताला लगाइएको हो ।     

धरान उपमहानगरपालिकाबाट अनुमति लिएर छिमेकी युवा समूह धरानले धरान–१२ चतरालाइन स्थित पब्लिक स्कुलको खेल मैदानमा गत सोमबारबाट मेला सञ्चालन गरेको थियो । 

विगतमा धरानमा भएका मेलामा झैझगड भएकै कारण बेलाबेला मेलाको विरोध हुँदै आइरहेको थियो । स्थानीय राजनीतिक दलहरु संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल पार्टी लगायत दलकाका युवाहरुले मेला नलगाउन दवाव दिँदै आएका थिए । 

त्यस्तै नेपाली काङ्ग्रेस नगर समितिले समेत मेलको विरोध गर्दै आएको थियो । विरोधकै बिच आयोजकले मेला शुरु गरेपछि मंगलबार हिंसात्मक घट्ना भएको थियो । 

उता मेलामा स्टल राख्ने व्यवसायीहरु र मेलामा भएका सामान निकाल्न सहज बनाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । 

अहिले सो स्थानमा सम्भावित थप झडप हुन नदिन जिल्ला प्रहरी कार्यालय इनरुवाले दुहवीबाट थप एक सय जना दंगा प्रहरी धरानमा परिचालन समेत गरेको छ । 

यसैबीच मेलालाई के गर्ने भन्ने विषयमा यति बेला धरान उपमहानगरपालिकामा आयोजक तथा नगरपालिका पधाधिकारीहरुबीच बैठक बसिरहेको छ । मेला सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा निर्णयमा पुग्न बैठक बसेको बैठकमा सहभागी एक व्यक्तिले जानकारी दिए । 

उता मेलाका खेलतमासा, अन्य समाग्री, लगायत गरेर ५० लाख भन्दा बढी लगानी आयोजकको तर्फबाट भइरहेको जनाइएको छ । 

एकातिर मेला बन्द भयो भने अर्कोतिर धरानमा झन् ठूलो द्वन्द्व हुने स्थिति आउने देखिएको छ । मेला सुचारु भए सुरक्षा चुनौती समेत बढने स्थानीयहरुको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *