अख्तियारका पूर्व आयुक्त पाठकसँग ७८ लाख धरौटी माग

 

जेठ १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकसँग ७८ लाख धरौटी माग गरिएको छ । 

बुधबार विशेष अदालतमा हाजिर भएका पूर्व आयुक्त पाठकसँग ७८ लाख धरौटी माग गरिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले यस्तो आदेश दिएको हो । 

null

नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठकलाई रिहा गर्न प्रक्रिया अघि बढाइएको हाे । उनी ७८ लाख रकमको बैंक ग्यारेन्टी राखेर आजै रिहा हुने तयारीमा छन् ।  

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको खुलासा भएसँगै पदबाट राजीनामा दिएका उनीविरुद्ध अख्तियारले चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारमा बयान दिँदै पाठकले आफूले घुस लिएको स्वीकार गरेका थिए । 

अख्तियारले आफ्नै पूर्व आयुक्तलाई मुद्दा हालेको यो पहिलो पटक हो। 

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *