सञ्चालकमाथि छुरा प्रहार गरी मनि ट्रान्सफर लुटियो

मंसिर १२, धरान । सुनसरीको इटहरी स्थित मुख्य चौकमा रहेको एक्टिभ मनी ट्रान्सफरमा बुधबार लुटपाट भएको छ । 

दुई जनाको समूहमा आएका लुटेराले मनि ट्रान्सफरका सञ्चालकलाई छुरा प्रहार गरी लुटपाट गरेका हुन् । इटहरी ९ मा रहेको मनिट्रान्सफरमा मास्क लगाएर पुगेका लुटेरा समूहको छुरा प्रहारबाट सञ्चालक सबिन दाहाल गम्भीर घाइते भएका छन् भने लुटेरा फरार भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईंले जानकारी दिए । 

घाइते सञ्चालकको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । 

null

लुटपाट गर्नुअघि लुटेरा समूह र सञ्चालक दाहाल बीच केही समय घम्सा घम्सी समेत भएको स्थानीयले बताएका छन् । 

घटनापछि ट्रान्सफरसँगै रहेको मेघा डेण्टलका कर्मचारीहरूले सञ्चालक दाहाललाई इटहरी स्थित सामुदायिक अस्पताल पुर्याएका थिए । 

लुटेरा समूहले के कति रकम लुटपाट गरे भन्ने खुल्न नसकेको मनी ट्रान्सफरका अर्का सञ्चालक चित्रबहादुर बस्नेतले बताए । उता इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *