तातो दुधमा परेर बालिकाको मृत्यु
मकालु खबर
२०७५ फागुन १३ गते
फागुन १२, बिराटनगर । तातो दुधमा परेर घाइते ११ महिने बालिकाको मृत्यु भएको छ । गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ का ललन ऋषीदेवकी ११ महिने छोरी अनुऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको उपचारका क्रममा धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मकालु खबर
२०७५ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित