सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, ४ वर्षभित्र सुकुम्बासीलाई जग्गा दिने सरकारको घोषणा
बैशाख २०, काठमाडौं । काठमाडौ सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ ।
सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने जानकारी गराएकी हुन् ।
null
सत्तारुढ नेकपाले पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो। अहिले २ हजार रुपैयाँसम्म भत्ता वितरण भइरहेको छ।
यस्तै सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक जग्गामा भएका सबै अतिक्रमण हटाउने भएको छ ।अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याइने छ ।
संसदमा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी चार वर्षभित्र भूमिहिन,कमैया र सुकुम्बासीका लागि सरकारले जग्गा उपलब्ध गराइसक्ने छ । साथै जोखिमपूर्ण स्थानमा बसिरहेकालाई जोखिमरहित स्थानमा व्यवस्थापन गरिने छ ।’