नेपालकै ठूलो डेण्टल क्याम्प सम्पन्न

 

जेठ ६, काठमाडौं । नेपालकै ठुलो डेण्टल क्याम्प सम्पन्न भएको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारित nepalspell bee को तेस्रो अडिसन राउण्डसँगै नेपालकै ठूलो डेण्टल क्याम्प समेत सम्पन्न गरेको हो । 

कोलगेट डेण्टलको मुख्य प्रायोजनमा भएको डेण्टल क्याम्पमा देशभरका ८ हजार २ सय ७७ जनाको निःशुल्क दन्त परिक्षण गरिएको थियो । 

null

गत माघ १६ गतेबाट १ महिना सम्म चलेको डेन्टल क्याम्पमा देशभरका ९ ५६ वटा स्कुल कलेजमा सञ्चालन गरिएको nepalspell bee सिजन ३ का आयोजक मालिन मिडिया इभेण्टका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले बताए । 

 

डेण्टल क्याम्पमा विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । 

nepalspell bee सिजन ३ को अडिसनसँगै गरिएको डेण्टल क्याम्पमा ५ जना दन्त चिकित्सकहरुले विद्यार्थी तथा सर्वसाधारणको दन्त परिक्षण गरेका थिए । उक्त अवसरमा दन्त परिक्षणमा आएका विद्यार्थी तथा सर्वसाधारणलाई दन्त सचेतना समेत दिइएको थियो । 

मालिन मिडिया इभेण्टले आयोजना गरेको nepalspell bee सिजन ३ कान्तिपुर टेलिभिजनबाट प्रशारित लोकप्रिय कार्यक्रम हो । nepalspell bee को नयाँ एपिशोड यहि जेठ १५ गतेबाट कान्तिपुर टेलिभिजनमा बेलुकी ९ बजेबाट प्रशारणमा आउँदैछ । कार्यक्रमलाई कान्तिपुर टेलिभिजनका चर्चित सञ्चारकर्मी भूषण दाहालले सञ्चालन गरिरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *