विद्युत लाइनरोड कालोपत्रे हुने

 

जेठ १३, लम्की । विगत लामो समय देखी कालो पत्रेको परखाईमा रहेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं.१ पिपल चौतारी देखि भुरुवा पब्लिक एकेडेमी स्कुल सम्म विद्युत लाइन रोड कालोपत्रे हुने भएको छ । 

आज बसेको भेलाले कालोपत्रेको कामलाई अघि बढाउन सरस्वती तिमिल्सेनाको सयोजगत्वमा ९ सदस्यीय उपभोक्ता समिती गठन गरेको छ । 

null

वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम, कार्यपालिका सद्स्य दुर्पता बिक, वडा सद्स्य चन्द्र बहादुर बिक, नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र प्रसाद खनाल, पञ्चकोशी युवा क्लवका अध्यक्ष रज बहादुर थापा, युवा समाजसेवी कमान सिंह माझी,रमेस कुंवर,नरेन्द्र थापाको उपस्थितिमा बसेको भेलाले सो समिति गठन गरेको हो । 

उपभोक्ता समितिको सचिवमा सुनिल बिष्ट, कोषाध्यक्षमा मिना कार्की, सदस्यमा क्रमशः झुपलाल बुढाथोकी, मीन बहादुर रास्कोटी,नवीन उपाध्याय, भावना विश्वकर्मा र कांशीराम घोडासैनी लगायत रहेका छन । 

नगर सभाबाट पारित रु.४८ लाख बजेट भित्र रहेर उपभोक्ता समितिको उक्त कार्य समयवधी भित्रनै सम्पन्न गर्नु पर्ने छ । सडक कालोपत्रेको माग गर्दै आएका विद्युत लाइन टोल देखि भुरुवा पब्लिक एकेडेमी सम्मका स्थानिय वासिहरु सडक कालोपत्रे हुने भएपछी हर्षित भएको समाजसेवी पुर्ण प्रसाद अधिकारीले बताए । 

उनले भने यस क्षेत्रका जनताले प्रतिक्षा गरेको सडक कालोपत्रे हुने भएपछि अब टोलवासी धुवाधुलो बाट मुक्क्त हुने विश्वास छ । टोलका स्थानियवासीहरुले सडक गुणस्तरीय हुनुपर्ने माग समेत गरेका छन । 

साथै भेलाले समाजसेवी पुर्ण प्रसाद अधिकारिको संयोजकत्वमा ३ सदस्सीय अनुगमन तथा सल्लाहाकार समिती पनि गठन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *