अन्तु डाँडामा सूर्योदय अवलोकनसँगै फापरको रोटी र भक्काको स्वाद

फागुन १४, विराटनगर । ईलाम अर्थात चियाको राजधानी । नेपालको सुदूरपूर्वमा रहेको पहाडी जिल्ला ईलाम चियाका लागि एक नम्बरमा चिनिने जिल्ला हो । 

तराईको झापा नजिक पर्ने ईलाम जिल्ला समुन्द्री सतहबाट १ सय ४० मिटर उचाइदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३ हजार ६ सय ३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलाममा विविध प्रकारको हावापानीसँगै प्राकृतिक सुन्दरता पनि त्यतिकै विविध नै छन् ।   

ईलाममा चिया सँगै प्राकृतिक सुन्दरताले भरीएको श्रीअन्तु  पनि पर्यटकहरुको मानसपटलमा सजिएको ठाँउ हो । छिपिटारदेखि १४ किलोमिटर दुरीमा पर्ने श्रीअन्तु, समुन्द्री सतहबाट २ हजार तीन सय मिटर उचाईमा अवस्थित छ ।   

अन्तु डाँडामा उदाउँदो सूर्य अवलोकन गर्न कै लागि विहान ४ बजेदेखि पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । भारतको दार्जिलिङ, सिक्किम, विर्तामोड, काठामाडाैं लगायतका विभिन्न स्थानहरुबाट उदाउँदो सूर्य अवलोकन कै लागि पर्यटकहरु आउने गर्दछन् ।   

स्थानीय व्यापारी सर्मिला प्रधानका अनुसार असोजदेखि मंसिरसम्म ४ सयदेखि ५ सयसम्म पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ । 

काठमाडौंकी प्रतिक्षा श्रेष्ठ पेसाले शिक्षिका हुन् । उदाउँदो सुर्य हेर्नका लागि विद्यार्थीहरुको साथमा श्रीअन्तु आएको बताईन् । विद्यार्थीलाई लिएर ईलाम जिल्लामा पर्ने पूर्वी नाकामा रहेको पशुपतीनगर घुम्ने उद्देश्यले आएको भए पनि सधैँ पत्रिकामा पढेको अन्तुको बारेमा प्रत्यक्ष अवलोकन गर्न मन भएकाले अन्तु आएको श्रेष्ठले बताईन् । 

त्यस्तै, बुढानिलकण्ठ उपनगरपालिकाका उपमेयर रमा राई पनि भ्रमण वर्ष २०२० लाई सफल पार्न अवलोकन भ्रमण गर्दै श्रीअन्तु आएको बताउँछिन् । सुर्योदय अवलोकन गर्दै जनप्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्दै सो स्थानको अवस्थाको बारेमा छलफल गर्ने राईले बताईन ।   

उनले श्रीअन्तुको प्राकृतिक सुन्दरता र वातावरणले मोहित बनाएको बताईन् । उनी भन्छिन्  ‘इलाम जिल्ला साँच्चै स्वर्गको एक टुक्रा नै रहेछ ।’ उदाउँदो सुर्योदय अवलोकनसँगै फापरको रोटी र भक्काको स्वादमा पनि त्यति नै मिठास छ । 

 अन्तु डाँडामा फापरको रोटीको  र भक्काको स्वाद   

कविता प्रधान विहान ३ बजे देखि भक्काको र फापरको रोटी बनाउँदै बस्छिन् । भक्का तराईवासीहरुको मुख्य परिकार हो । कसरी सिक्नुभयो भक्का बनाउन ? भन्ने प्रश्नमा उनले मुस्कुराउँदै जवाफ दिईन् ‘झापाबाट आउने पाहुनाहरुले सिकाउनुभएको’ ।   

तराईमा भक्काको स्वाद चाख्ने जो कोहिले पनि अन्तुको डाँडामा पुगेर अकबरे खुर्सानी र टमाटरको अचारसँग भक्का खाईरहेको दृश्य देख्न पाईन्छ भने फापरको रोटी र गाँउले मौरीको मह त्यो ठाँउको विशेष परिकारको रुपमा मानिन्छ । आउने पाहुनाहरुको पहिलो रोजाई भक्कासँगै फापरको रोटी हुने गर्दछ ।   

कविता जस्तै ४५ वर्षिया सर्मिला प्रधान पनि भक्का र फापरको रोटीको व्यापार गर्दछिन् । उनी पनि ३ वा ४ बजे व्यापारका लागि अन्तु डाँडामा पुग्छिन् । उनी भन्छिन ‘यहाँ आउने धेरै पाहुनाहरु फापरको रोटी र मह रुचाउनु हुन्छ, कतिले त यहाँबाट खाजाको  लागि प्याक गरेर पनि लग्नुहुन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *