महिलामा हुने क्यान्सर रोग नेपालमा बढ्दै, स्तन क्यान्सर भएकाे यसरी थाहा पाइन्छ

 

विकसित देशहरूमा घट्दो क्रममा रहेका महिलामा हुने क्यान्सर नेपालमा भने बढ्दै गएको पाइएको छ । विकसित देशहरुले रोकथामका उपाय, समयमा पहिचान र उपचारबाट विरामी हुने दर र मृत्युदर पनि घट्दै गएपनि नेपालमा महिलामा हुने क्यान्सर बढ्दै गएको छ । 

परिवर्तित जीवनशैली, व्यायामको अभाव, जंकफुड फास्टफुडको अत्याधिक प्रयोगजस्ता कारणले क्यान्सर बढ्दै गएको चिकित्सकहरु बताउँछन् । 

null

तथ्यांक अनुसार नेपालमा पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा बढी र क्रमशः फोक्सो क्यान्सर, डिम्बासयको क्यान्सर, पित्तथैली क्यान्सर, आमाशयको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ डा. किशोर कुमार प्रधानले बताए । 

महिलामा बढी मात्रामा हुने पाठेघर र स्तन क्यान्सर नियमित जाँचबाट समयमै पहिचान भए उपचारसमेत गर्न सकिने भएपनि नेपालमा चेतना अभावमा घट्नुको साटो बढ्दो रहेको डा. प्रधानको भनाई छ । 

समयमा सेतो पानीको परीक्षणले क्यान्सर भईसकेको वा ५–७ बर्षपछि हुने पाठेघर मुखको क्यान्सरको समेत संकेत दिन्छ । डा. बराल भन्छन्,‘त्यसैले सेतो पानीको जाँच कुनै पनि विवाहित महिलाले गर्न जरुरी छ । (एचपिभी) भाइरसको संकम्रणले गर्दा पाठेघरको मुखको क्यान्सर हुन्छ ।’ 

नेपालमा स्वास्थ्य संस्थामा उपचार गर्न पुगेको बिरामीको तथ्यांक हेर्दा ५४ प्रतिशत महिला तथा ४६ प्रतिशत पुरुषमा क्यान्सर भएको पाइएको छ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार अहिले युवतीमा स्तन क्यान्सर बढिरहेको र यसले आगामी दिनमा अहिले प्रमुख रहेको पाठेघरको मुखको क्यान्सर पनि पछाडी पार्ने संकेत देखिएको छ । नेपालमा बर्षनी २८ देखि ३० हजारसम्म क्यान्सरको बिरामी भेटिने गरेका छ । जसमध्ये २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । 

 

चिकित्सकहरुका अनुसार समयमा सेतो पानीको परीक्षणले क्यान्सर भईसकेको वा ५–७ बर्षपछि हुने पाठेघर मुखको क्यान्सरको समेत संकेत दिन्छ । डा. बराल भन्छन्,‘त्यसैले सेतो पानीको जाँच कुनै पनि विवाहित महिलाले गर्न जरुरी छ । (एचपिभी) भाइरसको संकम्रणले गर्दा पााठेघरको मुखको क्यान्सर हुन्छ ।’ 

पाठेघरको मुखको क्यान्सरलाई खोपले पूर्ण रुपमा रोकथाम गर्छ भन्ने पहिचान भइसकेको छ । ‘सुरुमै गाडासिन भन्ने खोप दिएको खण्डमा क्यान्सर हुँदैन भनेर प्रमाणित पनि भएको छ ।’ डा. बराल भन्छन्, ‘पाठेघर क्यान्सर रोकथामका लागी नेपालमा सन् २००६ देखि खोप सुरु भएपनि थोरै किशोरीले मात्रै यो थाहा पाएका छन् । यो खोपले ११–१२ वर्षदेखि २१ वर्ष सम्म का किशोरी लाई एचपिभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने बनाइदिन्छ ।’ 

चिकित्सकका अनुसार विवाहित महिलाले प्रत्येक वर्ष नै प्यापस्मेयर जाँच गर्नु राम्रो हुन्छ । यो जाँच महंगो पनि छैन । ‘यी दुई प्रकारका क्यान्सर कम गर्न सके झन्डै ३५ प्रतिशत कारक रोकथाम गर्न सकिन्छ,’ डा. बरालले भने, ‘हाम्रोमा जनचेतना जगाउने र स्क्रिनिङको कार्यक्रम नै छैन ।’ 

विकसित देशका महिलाले परास्त गरिसकेको पाठेघरको मुखको क्यान्सर नेपालमा अहिले पनि महिलामा हुने प्रमुख क्यान्सर हो । यसै कारणले नेपालमा महिला क्यान्सर रोगीको संख्या बढी भएको चिकित्सकहरु बताउछन् । बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुरले संकलन गरेको तथ्यांकका आधारमा नेपालमा १० वर्ष (सन् २००३–०१८) मा ५६ हजार क्यान्सर रोगी पहिचान भएकोमा ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष छन् । स्तनमा आफैं छाम्दा पनि गाँठा भेटिने हुनाले स्तन क्यान्सर पनि सजिलै पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् । स्तन क्यान्सरले नेपालमा महिलामा हुने कुल क्यान्सरको १६ प्रतिशत हिस्सा ओगटेको छ । 

 

अधिकांश क्यान्सरका बिरामी ‘थर्ड’ वा ‘फोर्थ’ स्टेजमा मात्रै अस्पताल पुग्छन् । 

चिकित्सकहरूका अनुसार वंशाणुगत कारणले हुने क्यान्सर पनि विकसित देशहरूमा घट्दो क्रममा छ । रोकथाम सम्भव हुने पाठेघरको मुखको क्यान्सर रोक्न सकेकै कारण विकसित देशमा महिला भन्दा पुरुष क्यान्सर रोगीको संख्या बढी हुने गरेको डा. बराल बताउँछन् । 

नेपालमा भरतपुर, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंका वीर, त्रिवि शिक्षण, कान्ति, पाटन, प्रसुती, पोखराको मणिपाल क्यान्सर, नेपालगन्ज लगायत केही निजी अस्पतालमा उपचार हुन्छ । 

पाठेघर क्यान्सर एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) बाट हुन्छ । कुपोषण, खानेपानी, सरसफाइ र यौनसम्पर्कबाट यो भाइरस सर्छ । यौन सम्पर्कले यसको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीसँग सम्बन्धित रहेको पाइएको छ । 

कम उमेरमा विवाह र यौनसम्पर्क हुनु, एकभन्दा बढी जनासँग यौन सम्पर्क राख्नु, कम उमेरमा धेरै बच्चा जन्माउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्तांग सम्बन्धी दीर्घ रोगी हुनु पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हुन् । विकिरण, प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ । 

यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एकपटक उक्त भाइरसले सताउँछ । एचपिभी धेरै प्रकारको हुने भएपनि १३ प्रकारले मात्र पाठेघर मुखको क्यान्सर निम्त्याउँछ । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी भाइरस–१६ र १८ को संक्रमणले भएको पाइएको छ । 

शरीरमा कोषहरु बन्ने र निश्चित समयपछि नष्टहुने प्रक्रिया जारी रहन्छ । कोषको विभाजन, यसको नष्ट र डिएनए निर्माण महत्वपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुग्यो भने निर्माण प्रक्रिया अनियन्त्रित भई क्यान्सर हुन्छ । विश्वमा प्रतिबर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । अन्दाजी २ लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा बर्षेनी ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने अनुमान छ । त्यसमध्ये करिब २५ प्रतिशत मात्र अस्पतालमा उपचार गराउने गरेको पाइएको छ । 

क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर मात्र पूर्वअवस्थामा सजिलै पत्ता लगाउन सकिन्छ । विकसित देशमा न्यून मात्रामा भेटिने पाठेघरको मुखको क्यान्सर नेपालमा झन्डै २१ प्रतिशत हुन्छ । 

१. खकारमा रगत देखापर्ने वा निको नहुने खोकी ।२. घाउहरु लामो समयसम्म निको नहुने ।३. महिनावारी नभएको बेलामा रगत देखिनु वा महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहबास पछि रक्तस्राव हुनु ।४. स्तनमा गाँठा–गोठी देखिनु, मुुन्टोबाट रगत मिसिएको दुध आउन वा मुन्टो दबिनु ।५.खाना निल्न गाह्रो हुनु वा स्वर परिवर्तन वा धोद्रो हुनु ।६. छोटो समयमा नै शरीरको वजन धेरै घट्नु, रक्तअल्पता देखिनु र बारबार ज्वरो आइरहनु । 

१.चुरोट, बिँडी, खैनी, सुर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने ।२. बासी, सडेंगलेका र ढुंसी परेका खाना नखाने ।३. पालेको डढेको मासु तथा अन्य खानेकुरा नखाने ।४.अखाद्य रङ प्रयोग गरिएका खाने कुरा नखाने ।५. चिल्लो बासोयुक्त खानेकुरा नखाने ।६. धुलो, धुँवा तथा वातावरणीय प्रदुषणबाट जोगिने ।७. स्तन गिर्खा, गाँठागाठी पलाएको छ–छैन, प्रत्येक महिना आफैंले राम्ररी छामेर हेर्ने र फेला परे चिकित्सकसँग परामर्श लिने ।८. गुप्ताङ्ग सधैं सफा राख्ने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *