उद्योग र होटलमा उर्जा बचत गर्न सम्झौता

माघ २०, चितवन । उर्जा प्रयोग व्यवस्थापन गर्दै बचत गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा तथा वातावरण विभाग, चितवन उद्योग वाणिज्य संघ र क्षेत्रीय होटल संघबीच सम्झौता भएको छ ।  

विभागले उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, चितवनका चार वटा उद्योग वाणिज्य संघ र क्षेत्रीय होटल संघसँग उर्जा बचत गर्न आयोजना गरिने कार्यक्रमका लागि सम्झौता गरेको हो ।  

चितवनको सौराहामा सोमबार एक कार्यक्रमका बिच विभागले उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ खैरहनी र राप्ती उद्योग वाणिज्य संघ तथा क्षेत्रीय होटल संघ चितवन नेपालसँग सम्झौता गरेको हो । 

सम्झौता पत्रमा विभागका प्रमुख डाक्टर उत्तम कुँवर, महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल र क्षेत्रीय होटल संघ चितवन नेपालका अध्यक्ष दिपक भट्टराईले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार दोश्रो पक्ष अर्थात संघ र क्षेत्रीय होटल संघले उर्जाको काममा सहयोग गर्ने,दक्षता सम्बन्धी काममा सहयोग गर्ने, जनशक्ति उपलब्ध गराउने, तालिमको समन्वय गर्नुपर्ने छ भने पहिलो पक्ष अर्थात् विभागले उर्जा दक्षता सम्बन्धी सेवा प्रदान गर्ने, तालिम आयोजना गर्ने,उर्जा व्यवस्थापनलाई अगाडी वढाउने, उद्योगहरुमा सेवा प्रदान गर्ने, उर्जाको क्षमता विकास गर्ने, प्राविधिक सहयोग गर्ने लगायत विषय उल्लेख छ ।  

उर्जाको सही सदुपयोग गर्न नसक्दा उद्योग, कलकारखाना, होटल व्यवसाय लगायतमा लाखौ रुपैयाँ खर्च हुँदै आएको छ ।  

केही उद्योगहरुले उर्जा दक्षता बढाएपनि धेरै उद्योगहरुले आर्थिक तथा आन्तरीक कारण उर्जा दक्षतामा सुधार गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका उर्जा तथा वातावरण विभाग प्रमुख डाक्टर उत्तम कुँवरले बताए । उर्जाको दक्षता वृद्धी गर्न सके २५ प्रतिशतसम्म उर्जाको बचत हुने उनको भनाइ थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *